जुम्लाको सिं‌जा गाउँपालिका अध्यक्षमा माओवादीका धिताल र उपाध्यक्षमा रोकाया विजयी

 जेठ ३, २०७९ मंगलबार १०:५७:३५ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पूर्ण प्रसाद धिताल विजयी हुनुभएकाे छ ।

धितालले धिताल एक हजार  नौ सय  ४९ मत ल्याएर विजयी हुनुभएकाे छ भने उहाँका प्रतिद्वन्द्वि नेपाली कांग्रेसका नन्दराम बुढाले एक हजार  आठ सय ३१ मत ल्याउनु भएकाे हाे । 

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै शीतली रोकाया एक हजार नौ सय ५६ मतले विजयी हुनुभएकाे छ भने उहाँका प्रतिद्वन्द्वि नेपाली कांग्रेसका  रजनकली शाहीले एक हजार ६९  मत ल्याएर पराजित हुनुभएकाे छ । 

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया