हेटौंडामा राप्रपाका सिंह मतान्तर फराकिलो बनाउँदै

 जेठ ३, २०७९ मंगलबार १४:५९:३६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको मेयरमा राप्रपाका दिपकबहादुर सिंहले मतान्तर फराकिलो बनाउँदै जानुभएकाे छ । गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार मिनाकुमारी लामाले आठ हजार ३५३ मत प्राप्त गर्दा राप्रपाका दिपकबहादुर सिंहले आठ हजार ६९३ मत प्राप्त गर्नुभएकाे छ ।

यसैगरी नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले ६ हजार ८५३ मत प्राप्त गर्नुभएकाे छ । यसैगरी हेटौंडाको उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजेश बानियाँले ११ हजार ७९१ मत प्राप्त गर्नुभएकाे छ । यसैगरी नेकपा एमालेका तर्फबाट उपमेयरका पदका उम्मेदवार सुमित्रा काफ्लेले आठ हजार ३३ मत प्राप्त गर्नुभएकाे छ । यसैगरी राप्रपाका उपमेयरका उम्मेदवार इन्दिरा न्यौपानेले एक हजार ५७६ मत पाउनुभएकाे छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया