झन्डै ८५ अंकले घटेर शेयर बजार राताम्मे

 जेठ ३, २०७९ मंगलबार १६:७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज घटेर राताम्मे भएको छ । नेप्से आज ८४ दशमलव नौ अंकले घटेर दुई हजार २ सय ६५ दशमलव ५२ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, उत्पादन र अन्य समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । दुई सय २१ वटा कम्पनीका ३५ लाख ९५ हजार कित्ता शेयर एक अर्ब ६४ करोड ४० लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै जाल्पा लघुवित्तको नौ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भयो । युनाइटेड इन्सुरेन्स, लुम्बिनी जनरल इन्सुरेन्स र सूर्योदय ओमी लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे भए पनि सामुदायिक लघुवित्त कम्पनीको शेयर पाँच प्रतिशतले बढेको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया