युगाण्डासँगको दोस्रो टी–ट्वेण्टीमा पनि नेपाली महिला टोली पराजित

 जेठ ३, २०७९ मंगलबार १६:५४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युगाण्डासँगको दोस्रो अन्तर्राष्ट्रिय महिला टी–टवेण्टीमा पनि नेपाल पराजित भएको छ । त्रिवी क्रिकेट मैदानमा आज नेपाल १ विकेटले पराजित भयो ।

नेपालले दिएको एक सय २ रनको लक्ष्य युगाण्डाले नौ विकेट गुमाएर एक बल बाँकी छँदै भेटायो । बलिङतर्फ नेपालका कविता कुँवर र सवनम राईले २/२ तथा सीता रानामगर र रुवीना क्षेत्रीले १/१ विकेट लिए । यसअघि हिजो भएको पहिलो खेल नेपालले १२ रनले हारेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको १५ वर्षपछि महिला टोलीले पहिलो पटक घरेलु मैदानमा सिरिज खेल्न लागेको हो । तेस्रो टी–ट्वान्टी पर्सि बिहीबार हुनेछ । चौंथो खेल जेठ ६ गते र अन्तिम खेल जेठ ७ गते हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया