सार्वजनिक गाडीको भाडा फेरि बढ्यो, अन्तरप्रदेशमा मात्रै लागू हुने (कहाँ जान कति ?)

 जेठ ३, २०७९ मंगलबार १८:२६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सार्वजनिक गाडीको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले भोलि बुधवारदेखि लागू हुने गरी अन्तरप्रदेशमा चल्ने गाडीको भाडादर समायोजन गरेको हो । 

इन्धनको बजार मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटबढ हुने भएकाले अहिले बढेको विभागले जनाएको छ । गाडी भाडाको आधार लिइएका मूल्य भन्दा अहिले इन्धनको भाउ १० दशमलव ८६ प्रतिशत बढी भएकाले भाडा बढाइएको विभागले जनाएको छ । 

विभागले दुई वा त्योभन्दा बढी प्रदेश भएर राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक गाडीको भाडा बढाएको हो ।  जसअनुसार यात्रुवाहक गाडीमा ३ दशमलव ५ प्रतिशत भाडा बढेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४ दशमलव ६ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ५ दशमलव १ प्रतिशतले भाडा बढेको हो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया