जुम्लाको तातोपानी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

 जेठ ३, २०७९ मंगलबार १८:५३:५३ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाई विजयी हुनुभएकाे छ । उहाँले दुई हजार तिनसय २० मत प्राप्त गर्नुभएकाे छ ।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वीरबहादुर कुंवरले एक हजार ८ सय ६ मत प्राप्त गर्नुभयाे । उपाध्यक्ष तर्फ नेकपा माओवादी केन्द्रकी रेवती रावल विजय हुनुभयाे । उहाँले एक हजार ७ सय ५८ मत प्राप्त गर्नुभएकाे छ । उहाँको निकटम प्रतिद्वन्द्वी कांग्रेसकी विन्दु अधिकारीले एक हजार ३ सय १२ मत पाउनुभएकाे छ ।

तातोपानीमा पालिका तह २०७४ मा नेकपा माओवादीका नवराज न्यौपानेले अध्यक्ष र गंगादेवी उपाध्यायले उपाध्यक्षमा जित्नुभएकाे थियाे ।

अन्तिम अपडेट: चैत १, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया