जुम्लाको तिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा  माओबादी केन्द्र विजयी

 जेठ ४, २०७९ बुधबार ७:६:१९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा  माओबादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा  गोरीकला बुढा विजयी भएका छन ।
 
रोकायाले नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मत अन्तरले पराजित गर्नु भएको हो । उहाँले १ हजार ९ सय ३६ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका एकराज उपाध्यायले १ हजार  ९ सय  १५ मत प्राप्त गर्नुभयो । 

त्यस्तै उपाध्यक्ष तर्फ नेकपा माओबादी केन्द्रकी गोरीकला बुढा (कल्पना)  विजयी हुनुभयो । उहाँले २ हजार ४ मत प्राप्त गर्नुभयो । उहाँको प्रतिद्धन्द्धी कांग्रेसकी सुस्मा श्रेष्ठले भने १ हजार ८ सय  ७ मत प्राप्त गर्नुभयो । 

२०७४ को निर्वाचनमा तिला गाउँपालिकामा नेकपा एमालेबाट रतन नाथ योगी अध्यक्षमा निर्वाचित हुनु भएको थियो । माओवादी केन्द्रकी बिष्णुमाया बुढा उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । 

यस पटक तिला गाउपालिकामा ६ हजार ३ सय ३१ मत खसेको थियो ।  तिलामा जित हासिल गरेसँगै नेकपा माओबादी केन्द्रले दुई पालिका अध्यक्ष र ४ उपाध्यक्ष जितेको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया