जुम्लाकाेे चन्दननाथ नगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी

 जेठ ४, २०७९ बुधबार ११:४३:४९ | नेत्र शाही
unn.prixa.net

जुम्ला ‍-  जुम्लाको चन्दननाथ नगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत दुई हजार चार सय तीन मत प्राप्त गर्दै विजयी हुनुभएकाे हाे । कठायतका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमबहादुर शाहीले दुई हजार तीन सय ४१ मत प्राप्त गर्नुभएकाे छ । 

यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी रामदेवि खड्का विजयी हुनुभएकाे छ। खड्काले दुईहजार आठ सय ८ मत मत प्राप्त गर्नुभएकाे छ ।

नगर उपमेयरका प्रतिस्पर्धी समाजवादीका भीमबहादुर थापाले एक हजार छ सय ८६ मत प्राप्त गर्नुभएको छ । 

चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसले आफूलाई टिकट नदिएको भन्दै कठायतले पार्टीकाे महासमिति सदस्यबाट राजीनामा दिएर स्वतन्त्रमा उम्मेदवारी दर्ता गराउनु भएकाे थियाे ।

कठायतले नेकपा एकीकृत समाजवदी र राप्रपासँग गठबन्धन गर्नुभएकाे थियाे ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया