शेयर बजार झन्डै ९ अङ्कले बढ्यो, १ अर्ब ३२ करोड रुपैयाँको कारोबार

 जेठ ४, २०७९ बुधबार १५:३२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो मङ्गलवार ८५ अङ्कले घटेको शेयर बजार आज बुधवार भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव नौ अङ्कले बढेर दुई हजार दुई सय ७४ दशमलव ४२ विन्दुमा पुगेको छ । 

आज बैंक, विकास बैंक, होटल, जलविद्युत्, फाइनान्स, अन्य, माइक्रोफाइनान्स र लगानी समूहको शेयर बढेको छ । दुई सय २७ वटा कम्पनीका ३१ लाख ५६ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ६३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको पाँच करोड ३८ लाख ३० हजार रुपैयाँको शेयर किनबेच भयो । 

आज सबैभन्दा धेरै राधी जलविद्युत् कम्पनीको शेयर ६ प्रतिशतले बढेको छ । सूर्योदय ओमी लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया