प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
कालीकोट – महाबै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार खेमबहादुर सिंह (भिजन) विजयी हुनुभएको छ । भिजनले दुई हजार दुई सय ७४ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका मातृका सिंहले एक हजार एक सय ३९ मत पाउनुभयो ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेका दानसिंह सेजुवाल विजयी हुनुभएको छ । सेजुवालले दुई हजार दुई सय ७१ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एकीकृत समाजवादीका सृजन शाहीले आठ सय २१ मत प्राप्त गर्नुभयो ।
महाबै गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेले चुनावी तालमेल गरेका थिए ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।