पाँचथरको फिदिम नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

 जेठ ४, २०७९ बुधबार १८:३५:१९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर– पाँचथरको एकमात्र नगरपालिका फिदिम नगरपालिकाको मेयरमा गठबन्धनबाट  नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले विजयी हुनुभएको छ । नेकपा एमाले र राप्रपाकाे गठबन्धनमा मेयर पदका उम्मेदवार पृथ्वी लावतीलाई ६ सय १ मत अन्तरले हराँउदै उहाँ विजयी बन्नुभएको हो । काफ्लेले ९ हजार ६,२८ मत पाँउदा लावतीले ९ हजार २७ मत प्राप्त गर्नुभयो ।

यस्तै उपमेयर पदमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने निर्वाचित हुनुभएको छ । एमाले-राप्रपाको गठबन्धनबाट राप्रपाका जगत थापा मगरलाई तीन हजार १९५ मतकाे फराकिलो मत अन्तरले हराँउदै न्यौपाने उप मेयर पदमा निर्वाचित हुनुभएको हो । न्यौपानेले ८ हजार ७७३ मत पाँउदा थापामगरले ५ हजार ५७८ मत प्राप्त गर्नुभयो ।

१४ वटा वडा रहेको फिदिम नगरपालिकामा २०७४ सालको पालिका चुनावमा नेपाली कांग्रेसले ९ वटा वडासहित मेयर र उप मेयर जितेको थियो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया