गठबन्धनका उम्मेदवारलाई हराउँदै बाराकाे निजगढमा एमाले विजयी

 जेठ ४, २०७९ बुधबार १८:३८:४४ | जयनारायण यादव
unn.prixa.net

बारा – बाराको निजगढ नगरपालिकामा पाँच दलीय गठबन्धनको उम्मेदवारलाई हराउँदै नेकपा एमाले विजयी भएकाे छ । एमालेले निजगढकाे मेयर र उपमेयरमा जित हात पारेको हो । 

मेयरमा एमालेका सुरथ पुरी र उपमेयरमा सोममाया थिङ्ग निर्वाचित हुनुभएको हो । मेयरमा पुरीले नौ हजार चार सय ७५ र उपमेयरमा थिङ्गले आठ हजार छ सय ५९ मत ल्याउनुभएकाे हाे । 

मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुरेश खनालले आठ हजार आठ सय २३ मत प्राप्त गर्दा उपमेयरमा नेकपा माओवादीका रविराज दंगालले आठ हजार पाँच सय १८ मत प्राप्त गर्नुभयो । 

२०७४ को पालिका चुनावमा नेपाली कांग्रेसका खनाल मेयरमा निर्वाचित हुनुभएको थियो । 

तस्बिर : सृजना कार्कीकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया