बाराको सुवर्ण गाउँपालिकामा कांग्रेस विजयी

 जेठ ४, २०७९ बुधबार १९:०:१७ | जयनारायण यादव
unn.prixa.net

बारा – बाराको सुवर्ण गाउँपालिकामा नेपाली कांग्रेसले जनता समाजवादी पार्टीका उम्मेदवारलाई हराउँदै अध्यक्ष र उपाध्यक्षमा जित हात पारेको छ ।

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजेश यादव र उपाध्यक्षमा पुनमकुमारी यादव निर्वाचित हुनुभएको हो । अध्यक्षमा यादवले पाँच हजार तीन सय ५१ र उपाध्यक्षमा पुनम यादवले तीन हजार नौ सय ८० मत प्राप्त गर्नुभयो ।

जनता समाजवादी पार्टीका महेन्द्र यादवले अध्यक्षमा तीन हजार एक सय ३७ र उपाध्यक्षमा राजपती देवीले तीन हजार तीन सय ४८ मत मात्रै प्राप्त गर्नु भयो।

अन्तिम अपडेट: चैत ३०, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया