भरतपुरमा रेनु दाहाल २ हजार ३८५ मतले अगाडि

 जेठ ५, २०७९ बिहिबार ६:२५:११ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि हुनुहुन्छ ।

पछिल्लो मत परिणाम अनुसार दाहालले १२ हजार ३५२ र सुवेदीले ९ हजार ९६७ मत प्राप्त गर्नु भएको छ । सुवेदीभन्दा दाहाल २ हजार ३८५ मतले अगाडि हुनुहुन्छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ३५५ मत ल्याउनु भएको छ । भरतपुरमा अहिलेसम्म ३३ हजार १८९ मत गनिएकाे छ ।

 

अन्तिम अपडेट: बैशाख १, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया