रामेछापकाे मन्थली नगरपालिकामा मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी

 जेठ ५, २०७९ बिहिबार ८:३४:४४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछापको मन्थली नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार लव श्रेष्ठ र ईश्वरी बस्नेत निर्वाचित भएका छन् । 

विजयी भएका श्रेष्ठले ९ हजार ७ सय १८ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विनोद कार्कीले ९ हजार १ सय २२ मत प्राप्त गर्नुभएकाे छ ।

त्यसैगरी उपमेयरमा नेकपा एमालेकै ईश्वरी बस्नेतले ९ हजार १ सय ६१ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ । 

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी यशोदा श्रेष्ठले ९ हजार ७४ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया