रामेछाप : दोरम्बा गाउँपालिकाको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

 जेठ ५, २०७९ बिहिबार ८:४१:१८ | दीपक भट्ट
unn.prixa.net

रामेछाप– रामेछापको दोरम्बा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मैनकुमार मोक्तान र उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार खमला थापामगर विजयी हुनुभएकाे छ । 

अध्यक्ष मोक्तान ६ हजार २ सय ७० मत प्राप्त गरी विजयी हुनुभएकाे हाे। उहाँका प्रतिस्पर्धी नेकपा एमालेका टङ्कप्रसाद चौलागाईँले ६ हजार १ सय ५० मत प्राप्त गर्नुभएकाे छ ।

त्यसैगरी उपाध्यक्षमा खमला थापामगर ६ हजार ७ सय ८१ मत प्राप्त गरी विजयी हुनुभएकाे छ । 

उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी मुना कँडेलले ५ हजार ३ सय १० मत प्राप्त गर्नुभएकाे छ । 


 

अन्तिम अपडेट: चैत २३, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया