सुर्खेतको भेरीगङ्गामा गठबन्धनलाई तोड्दै मेयर र उपमेयरमा एमाले विजयी

 जेठ ५, २०७९ बिहिबार १०:२७:५२ | मुना हमाल
unn.prixa.net

सुर्खेत - भेरीगङ्गा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी भएको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई तोड्दै नगरको मेयरमा एमालेका यज्ञप्रसाद ढकाल र उपमेयरमा धनसरा बोहरा विजयी हुनुभएको हो।  

मेयरमा ढकालले २२५ मतान्तरले विजयी हुनुभएकाे छ  । उहाँले १० हजार २२ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी कांग्रेसका रामबहादुर सिंहले ९ हजार ७९७ मत ल्याएर पराजित हुनुभएको हो।

यस्तै उपमेयरमा बोहराले ९ हजार ६१४ मत ल्याउनु भएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नन्द बहादुर कार्की ८ हजार ९१३  मत ल्याउनुभएकाे छ। 

अघिल्लो चुनावमा यस नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया