पोखरा स्पोर्टस् अवार्ड : प्रदीप र अरुणा सर्वोत्कृष्ट, भट्टराईलाई ल...
असार १९, २०७९ आइतबार
काठमाण्डाै – शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ५१ अङ्कले घटेर दुई हजार २ सय ५० दशमलव ९१ विन्दुमा झरेको छ ।
आज म्युचुल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । दुई सय १९ वटा कम्पनीका ३७ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ३० करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयर १२ करोड ८१ लाख रुपैँयामा किनबेच भएको छ ।
आज सबैभन्दा धेरै लुम्बिनी जनरल इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि जनरल इन्सुरेन्सको शेयर भने साढे ७ प्रतिशतले बढेको छ ।