नवजोत सिंह सिद्धूलाई एक वर्षको जेल सजाय

 जेठ ५, २०७९ बिहिबार १८:३६:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको सर्वोच्च अदालतले पूर्व क्रिकेटर तथा पन्जाब कांग्रेसका पूर्व प्रमुख नवजोत सिंह सिद्धूलाई एक वर्षको जेल सजाय हुने फैसला गरेको छ ।

सडक यात्राका क्रममा व्यक्ति हत्याको मुद्दामा सर्वोच्चले नवजोत सिंहलाई एक वर्षको जेल सजाय तोकेको बीबीसी हिन्दीले जनाएको छ । सन् १९८८ मा सिद्धुले एक व्यक्तिलाई कुटपिट गरेर हत्या गरेको भन्दै मुद्दा परेको थियो ।

त्यसकाे एक वर्षपछि पन्जाब–हरियाणा उच्च अदालतले सिद्धूलाई तीन वर्षको कैद सजाय सुनाएको थियो । तर उच्च अदालतको फैसलाविरुद्ध सिद्धूले सन् २०१८ मा सर्वोच्च अदालतमा निवेदन दिएपछि सर्वोच्च अदालतले सिद्धुलाई एक हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो । तर पीडितका परिवारले पुनः सर्वोच्चमा फैसला पुनरावलोकनको निवेदन दिएको थियो ।

आज सर्वोच्चले नवजोत सिंहलाई दोषी ठहर गरेर एक वर्षको जेल सजाय तोकेको हो । सर्वाेच्च अदालतकाे तर्फबाट सजाय सुनाइएकाे विषयमा सिद्धूले आफूले कानुनकाे पालना गर्ने बताएका छन् । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया