भरतपुरमा रेनु दाहाल विजय सुवेदी भन्दा ३ हजार २६४ मतले अगाडि

 जेठ ५, २०७९ बिहिबार १९:२५:५२ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा ३ हजार २६४ मतले अगाडि हुनुहुन्छ ।

४५ हजार ७६२ मत गणना हुँदा दाहालले १७ हजार २९० मत ल्याउनु भएको छ । एमालेका विजयी सुवेदीले १४ हजार २६ मत पाउनु भएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ४० मत ल्याउनु भएको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १९ हजार ८४८ मत पाउँदा राप्रपाका हिमला गुरुङले ११ हजार २११ मत पाउनु भएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया