कलैया उपमहानगरकाे मेयरमा एमालेलाई फराकिलाे अग्रता, उपमेयरमा पनि अघि

 जेठ ५, २०७९ बिहिबार १९:३१:२६ | जयनारायण यादव
unn.prixa.net

बारा – पालिका चुनाव अन्तर्गत  बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता बढाउँदै लगेकाे छ । 

पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार विनोदप्रसाद साहले १८ हजार ३९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजेश राय यादवले १३ हजार एक सय ६९ मत पाउनुभएको छ ।

यस्तै उपमेयरमा पनि एमालेका उम्मेदवार राैशन परविन अगाडि हुनुहुन्छ । उहाँले १३ हजार आठ सय ३५ मत प्राप्त गर्दा जसपाका प्रमोदप्रसाद गुप्ताले १३ हजार सात सय ३० मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया