अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
कालीकोट - रास्कोट नगरपालिकाकाे मेयरमा नेकपा माओवादी केन्द्रका धर्मराज शाही (पोषण) निर्वाचित हुनुभएकाे छ ।
शाही ३ हजार ४७ मत ल्याएर विजयी हुनुभएकाे हाे । शाहीका प्रतिस्पर्धी नेकपा एमालेका दयाराम सिंखडाले २ हजार १ सय १७ मत प्राप्त गर्नुभएकाे छ ।
त्यस्तै नगरपालिकाकाे उपमेयरमा एकीकृत समाजवादीका मनिराज बराल विजयी हुनुभएकाे छ । बरालले २ हजार ८ सय ९ मत प्राप्त गर्नुभएकाे छ । बरालका प्रतिस्पर्धी नेकपा एमालेका उमा शाहीले १ हजार ३ सय १ मत प्राप्त गर्नुभएकाे छ ।
रास्कोट नगरपालिकाको वडा नं. १, २, ५, ६, ७, ८ र ९ मा नेकपा माओवादी केन्द्र, ४ नेपाली कांग्रेस र ३ मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।