बाराको कोल्हवी नगरपालिकाकाे मेयर र उपमेयरमा कांग्रेस विजयी

 जेठ ६, २०७९ शुक्रबार ८:१८:१३ | जयनारायण यादव
unn.prixa.net

बारा - बाराको कोल्हवी नगरपालिकाकाे मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ।  

मेयरमा कांग्रेसका रामप्रसाद चौधरी र उपमेयरमा कांग्रेसकी लक्ष्मी चौधरी निर्वाचित हुनुभएको हो । 

मेयर चौधरीले ९ हजार १ सय ५ मत र उपमेयरमा लक्ष्मी चौधरीले ९ हजार ८८ मत प्राप्त गरेर विजयी हुनु भएको छ ।

मेयरका प्रतिस्पर्धी नेकपा एमालेका भरतबहादुर भण्डारीले ८ हजार ३ सय ७ र उपमेयरका सुनैना देवि थरुनीले ८ हजार ४ सय ८३ मत प्राप्त गर्नु भएकाे थियाे ।

 

अन्तिम अपडेट: चैत ८, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया