हेटौँडामा ६६ हजार ६ सय ६९ मत गन्दा एकीकृत समाजवादीलाई २ हजार ८ सय ५३ मतकाे अग्रता

 जेठ ६, २०७९ शुक्रबार १३:४:३७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौँडा उपमहानगरपालिकामा मत गणना भइरहँदा सत्तारुढ गठबन्धन निकै बलियाे देखिएकाे छ । लगभग ६ हजार ५ सय मत गणना गर्न बाँकी रहँदा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) बाट मेयरकी उम्मेदवार मीना लामाकाे २ हजार ८ सय ५३ मतकाे अग्रता रहेकाे छ ।  

अहिलेसम्म ६६ हजार ६ सय ६९ मतगणना हुँदा लामाले २१ हजार ३ सय ८८ मत प्राप्त गर्नुभएकाे छ ।

एमालेका अनन्त पौडेलले १८ हजार ५ सय ३५ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाका दीपकबहादुर सिंहले १७ हजार ६ सय ८९ मत प्राप्त  गर्नुभएकाे छ ।

अहिले मतगणना भइरहेको वडाहरुमा लामाकै अग्रता रहेका कारण उहाँ विजेता हुने अड्कल काट्न थालिएको छ ।

१९ वटा वडा रहेको हेटौँडा उपमहानगरपालिकामा १,२,३,४,५,६,७,८,१४,१५,१६,१७,१८ र १९ नम्बर वडाको मतगणना भइसकेको छ ।

अहिले ९, १०, ११, १२ र १३ नम्बर वडाको मतगणना भइरहेको छ । मतगणना धेरै सम्पन्न भइसकेकाले आज साँझसम्म अन्तिम मत परिणाम आउने अनुमान गरिएकाे छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया