भरतपुरमा रेनु दाहाल ३ हजार १ सय ८१ मतले अगाडि

 जेठ ६, २०७९ शुक्रबार १४:२६:१९ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालको मतान्तर केही घटेको छ । अहिलेसम्म ५७ हजार सात सय ७७ मतगणना हुँदा दाहाल तीन हजार एक सय ८१ मतले अघि हुनुहुन्छ । 

पछिल्लो मत परिणामअनुसार दाहालले २१ हजार ६ सय ८३ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १८ हजार पाँच सय दुई मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म आठ हजार ६७ मत प्राप्त गर्नुभएकाे छ । 

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ । उहाँले २४ हजार ३० मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी राप्रपाका उम्मेदवार हिमला गुरुङले १४ हजार ६ सय ५४ मत ल्याउनुभएको छ । उहाँहरूबीच नाै हजार तीन सय ६७ मतकाे मतान्तर रहेकाे छ । 

भरतपुर -१२

खसेको मत: ४५३१
मतगणना :३६४३

अध्यक्ष 
सूर्य (हरि पन्त) - १६७४
कलम ( नरेन्द्र कन्दङ्वा) - १३०६

(३६८ मतले हरि पन्त अगाडि )

रेनु : १२५०
विजय : १४८९
जगन्नाथ : ४३३

भरतपुर -११

मतगणना : ७८१३

अध्यक्ष 
कमल मल्ल (सूर्य ) - ३३३७
युवराज पाैडेल (हँसिया हथाैडा) - २५८६

(७५१ मतले कमल मल्ल अगाडि )

रेनु : २९६३
विजय : २८३०
जगन्नाथ : ४९९ 

अन्तिम अपडेट: बैशाख ६, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया