अमेरिकी डलर र कौडासहित काठमाण्डाैबाट ६ जना पक्राउ

 जेठ ६, २०७९ शुक्रबार १८:३५:५४ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा काठमाण्डाैबाट ६ जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका १३ मा रहेकाे जंजीर केसीको कटेजबाट ६ जनालाई पक्राउ गरेकाे हाे । प्रहरीले कौडा खेलिरहेको अवस्थामा काठमाण्डाै महानगरपालिका ६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्बुलगायत छ जनालाई बिहीवार राति पक्राउ गरेको हो । 

पक्राउ परेकासँग प्रहरीले ७६ हजार रुपैयाँ नगद, एक हजार अमेरिकी डलर र ६९ थान कौडा बरामद गरेको छ । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया