बाराको सिम्रौनगढ नगरपालिकामा लाेसपा विजयी

 जेठ ६, २०७९ शुक्रबार १८:५१:४२ | जयनारायण यादव
unn.prixa.net

बारा – बाराको सिम्रौनगढ नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले जित हात पारेको छ । नगर प्रमुखमा लोसपाका उम्मेदवार किशोरीप्रसाद कलवार र उपप्रमुखमा नजमु शेहर निर्वाचित हुनु भएको हो ।

लोसपका किशोरी प्रसादले ११ हजार एक सय ३७ मत ल्याएर नगर प्रमुखमा निर्वाचित हुनु भएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयशंकर यादवले नौ हजार तीन सय ११ मत प्राप्त गर्नु भयो ।

यस्तै उपप्रमुखमा लोसपाकी शेहरले नौ हजार पाँच सय ७३ मत ल्याएर विजयी हुनु भएको हो ।  उहाँकी प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार रिमा देवीले आठ हजार ५० मत प्राप्त गर्नु भयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया