काठमाण्डाैमा बालेन र सुनिताकाे फराकिलाे अग्रता, दुवैकाे २९ हजार मत कट्याे

 जेठ ६, २०७९ शुक्रबार १९:३९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार पाँच सय २९ मतकाे अग्रता लिइरहनुभएकाे छ । 

अहिलेसम्म ८० हजार ९६ मतगणना हुँदा साहले २९ हजार ६ सय ७९ मत प्राप्त गर्नुभएकाे छ । एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार एक सय ५० मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्राे स्थानमा यथावत् हुनुहुन्छ । उहाँले अहिलेसम्म १५ हजार दुई सय ६२ मत ल्याउनुभएको छ । 

उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । डंगाेलले २९ हजार सात सय सात मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले नाै हजार ६ सय २१ मत प्राप्त गर्नुभएकाे छ । डंगाेल श्रेष्ठ भन्दा २० हजार ८६ मतले अघि हुनुहुन्छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया