बाराको कलैया उपमहानगरपालिकामा एमाले विजयी

 जेठ ६, २०७९ शुक्रबार १९:४९:४८ | जयनारायण यादव
unn.prixa.net

बारा – बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमालेले जित हात पारेको छ । नगर प्रमुखमा एमालेका विनोद साह र उपप्रमुखमा रौशन प्रवीण निर्वाचित हुनु भएको हो । नगर प्रमुखमा साहले ३४ हजार एक सय ७४ र उपप्रमुखमा रौशन प्रवीणले १९ हजार दुई सय ५१ मत ल्याएर विजयी हुनु भएको हो ।

साहले गठबन्धनका उम्मेदवार राजेश राय यादवलाई पाँच हजार पाँच सय ८१ मतकाे फराकिलो अन्तरले पराजित गर्नु भएको हो । कांग्रेसका यादवले १८ हजार पाँच सय ९३ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका प्रमोद गुप्ताले १८ हजार तीन सय दुई मत मात्रै प्राप्त गर्नु भयो।

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया