चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो

 जेठ ६, २०७९ शुक्रबार २१:५०:४८ | रासस
unn.prixa.net

फाइल फोटो

चितवन - चितवनमा बेलुकी पख आएको हावाहुरीका कारण अटोरिक्सामा चढेका तीन जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । 

फरक-फरक ठाउँमा भएको दुर्घटनामा परेर तीन जनाको ज्यान गएको हो । भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा चढेका दुई जनाको भोजाडमा ज्यान गएको हो भने भरतपुरबाटै भोजाड जाँदै गरेको अर्को अटोमा चढेका एक जनाको बर्सेनीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा चढेका एक जना घाइते भएका छन् । रुख ढल्दा अटोमा लागि दुर्घटना भएको उहाँले बताउनुभयो । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार हावाहुरीका कारण चितवनको विभिन्न स्थानमा रुखहरू ढल्ने र पोलहरु ढल्ने गरेका कारण भित्री तथा राजमार्गका सडक बन्द भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया