डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते : १८ महिनाका बालक बेपत्ता

 जेठ ७, २०७९ शनिबार ११:१७:३१ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

ना ५ ख ९६६३ नम्बरको बस बिहान शिखर नगरपालिका–१ गेरुपानी सडक खण्डमा दुर्घटना हुँदा १८ महिनाका एक बालक बेपत्ता भएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो ।

बस सडकबाट सेती नदीको किनारमा खसेको छ । घाइतेको दिपायलमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । बेपत्ता बालककाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया