कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
जुम्ला – जुम्लाको हिमा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लक्ष्मणबहादुर शाहीले सबै नागरिकको नि:शुल्क स्वास्थ्य बिमा गर्ने प्रतिबद्धता गर्नुभएको छ । उहाँले गाउँपालिकाको पहिलो निर्णय सबै नागरिकको स्वास्थ्य सहज गर्न नि:शुल्क स्वास्थ्य बिमा गर्ने बताउनुभयाे ।
यस्तै, नमूनाका लागि भैरव आधारभूत विद्यालयमा अंग्रेजी शिक्षा शुरु गर्ने, सबै वडा, स्वास्थ्य संस्था, प्रहरी चौकीमा फ्री वाईफाई तथा सीसी क्यामरा जडान गर्ने, ज्येष्ठ नागरिक,गर्भवती महिला, विपन्न, अपांगता भएका व्यक्तिका लागि नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने र सबै सरकारी कार्यालय र विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्थापन गर्ने निर्णय गरिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । शुक्रबार मुख्य निर्वाचन अधिकृतबाट सपथग्रहण गरेलगत्तै पदवहाली समेत गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले अध्यक्षको पदवहाली तथा उपाध्यक्ष, वडाध्यक्ष र अन्य वडासदस्यको सपथग्रहण समेत सम्पन्न भएको जानकारी गराउभयो ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।