पोखरामा एकीकृत समाजवादीका आचार्य एमालेका थापा भन्दा ३ हजार २७७ मतले अगाडि

 जेठ ७, २०७९ शनिबार १५:३१:९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यकाे अग्रता कायमै छ ।

आचार्य नेकपा एमालेका उम्मेदवार कृष्ण थापा भन्दा ३ हजार २७७ मतले अगाडि हुनुहुन्छ । ८५ हजार ५८ मत गणना हुदाँ आचार्यले ३४ हजार २ सय ५९ मत प्राप्त गगर्नुभएकाे छ भने थापाले ३० हजार ९ सय ८२ मत ल्याएर आचार्यलाई पछ्याइरहनुभएकाे छ । थापाले आचार्यसगँको दुरी घटाउँदै लिनुभएकाे छ ।

पाेखराकाे उपमेयरमा भने एमाले अगाडि छ । नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ३५ हजार २ सय ६८ मत ल्याउँदा कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ३४ हजार ७ सय ९६ मत पाउनुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया