बुटवल उपमहानगरपालिका मेयरमा कांग्रेसका पाण्डेय विजयी

 जेठ ७, २०७९ शनिबार १६:२६:५३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएकाे छ ।

मेयर कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय र उपमेयरमा नेकपा एमालेकी सावित्री देवी अर्याल विजयी हुनुभएको हाे । मेयरमा पाण्डेयले ३० हजार एक सय ३० मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बाबुराजा भटराईले २२ हजार पाँच सय ९७ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै उपमेयरमा एमालेकी उम्मेदवार अर्यालले २४ हजार नौ सय चार मत र उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १६ हजार नौ सय ८० मत प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया