भरतपुर महानगरमा रेनु दाहाललाई ६ हजार १३८ मतकाे अग्रता

 जेठ ७, २०७९ शनिबार १८:१८:५६ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बनाउँदै आउनुभएकाे छ । अहिलेसम्म ७८ हजार ३१५ मतगणना हुँदा दाहाल ६ हजार १३८ मतले अघि हुनुहुन्छ । 

पछिल्लो मत परिणामअनुसार दाहालले ३० हजार ३९४ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २४ हजार २५६ मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म १० हजार ७२१ मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीको अग्रता कायमै छ । उहाँले ३२ हजार ८२९ मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी राप्रपाका उम्मेदवार हिमला गुरुङले १८ हजार ८२७ मत ल्याउनुभएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया