धनगढीमा स्वतन्त्र उम्मेदवार हमाललाई झन्डै १२ हजार मतकाे फराकिलाे अग्रता

 जेठ ७, २०७९ शनिबार १८:४८:४० | सीताराम ओझा
unn.prixa.net

कैलाली – धनगढी उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार गाेपाल हमाल धेरै अगाडि देखिनुभएकाे छ ।

अहिलेसम्म ५६ हजार २ सय २६ मत गन्दा हमालले ११ हजार ७५८ मतकाे अग्रता बनाउनुभएकाे छ । हमालले २४ हजार ५२९ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई गठबन्धनबाट नेपाली कांग्रेसका नृपबहादुर वडले पछ्याइरहनुभएकाे छ । वडले १२ हजार ७७१ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एमालेका रणबहादुर चन्दले ७ हजार ३८६ मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै उपमेयरमा एमालेकी कन्दकला रानाले १२ हजार ५९४ मत पाउनुभएकाे छ । उहाँलाई गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले पछ्याइरहनुभएकाे छ । अधिकारीले ११ हजार ५८९ मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया