धरानमा स्वतन्त्र उम्मेदवार साम्पाङकाे अग्रता बढ्याे

 जेठ ७, २०७९ शनिबार २०:२६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

धरान - धरान उपमहानगरपालिकाको पछिल्लो मत गणनाको परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले २ हजार ८ सय ४४ मतकाे अग्रता बनाउनु भएकाे छ । उहाँले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईसँगकाे मतान्तर बढाउँदै लैजानु भएकाे छ।

निर्वाचन अधिकृतको कार्यालय धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले दिएको जानकारी अनुसार अहिलेसम्म ५० हजार १ सय ९ मत गणना भएकोमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १६ हजार २६ मत प्राप्त गरी पहिलो स्थानमा हुुनुहुन्छ । 

किशोर राईले १३ हजार १ सय ८२ र नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १० हजार ६ सय २२ मत प्राप्त गर्नुभएकाे छ । 

यसैगरी उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १६ हजार ७९ र नेकपा एमालेका पदम इस्बो लिम्बुले १४ हजार ४ सय ३१ मत प्राप्त गर्नुभएकाे छ ।

धरानमा अहिलेसम्म १, २,३,४,५,६,७,८,९,१०,११,१२,१३,१४,१८, १९ र २० नं वडासहित वडा नं १५ को ४ हजार ८ सय वडा नं १६ को १ हजार मत वडा नं २० को १ हजार ३ सय १० मतसहितको गणनामा यस्तो मत परिणाम आएको सहायक निर्वाचन अधिकृत खतिवडाले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया