गण्डकी प्रदेश : हरिबहादुर चुमानलाई आर्थिक मामिला र दीपक मना...
बैशाख ८, २०८१ शनिबार
कास्की - पोखरा महानगरपालिकामा अहिलेसम्म ९२ हजार ५ सय ६१ मत गन्दा गठबन्धनका तर्फबाट नेकपा समाजवादीका मेयर धनराज आचार्यले ३७ हजार १ सय २२ मत प्राप्त गर्नुभएकाे छ ।
नेकपा एमालेका कृष्ण थापाले ३३ हजार ८ सय ५० मत प्राप्त गर्नु भएकाे छ । राप्रपाका शङ्कर खरालले ४ हजार २ सय २८ तथा स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस ) ले २ हजार ४ सय ४५ मत प्राप्त गर्नु भएकाे छ ।
त्यस्तै उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले ३७ हजार ५ सय ४५ मत तथा एमालेकी मञ्जुदेवि गुरुङले ३८ हजार ५ सय ७६ मत प्राप्त गर्नु भएकाे छ ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।