देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षा

 जेठ ८, २०७९ आइतबार ७:२५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी परेको छ । स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको  प्रभावका कारण मौसम बद्ली भइ मेघगर्जनसहित पानी परेको हो ।

मौसमविद् समिर श्रेष्ठका अनुसार आज वाग्मतीसहित गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, हावाहुरीसहित दिउँसो पनि पानी पर्ने सम्भावना छ । गएराति पनि काठमाण्डौसहित देशका केही ठाउँमा पानी परेको थियो ।

यस्तै, आज राति प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ । मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

प्रि-मनसुनको सुरुका महिना सुक्खा भए पनि गएको वैशाख महिनादेखि लगातारजसो मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ । यसपालि मनसुनमा पनि औसतभन्दा धेरै पानी पर्ने अनुमान गरिएको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया