भरतपुरमा रेनु दाहाललाई ७ हजार ३ सय ८८ मतकाे अग्रता

 जेठ ८, २०७९ आइतबार ७:३५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालको फराकिलो मतान्तर छ ।

ताजा मत परिणाम अनुसार दाहाल ७ हजार ३ सय ८८ मतले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि हुनुहुन्छ ।

दाहालले अहिलेसम्म ३५ हजार ४९ मत पाउनु भएको छ भने सुवेदीले २७ हजार ६ सय ६१ मत पाउनु भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय २३ मत पाउनु भएको छ ।

यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी राप्रपाकी हिमला गुरुङभन्दा १५ हजार ३ सय ९० मतले अगाडि हुनुहुन्छ । अधिकारीले अहिलेसम्म ३७ हजार २ सय ७३ मत पाउँदा गुरुङले २१ हजार ८ सय ८३ मत पाउनु भएको छ । 
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया