बाराको महागढीमाई नगरपालिकाकाे मेयर र उपमेयरमा कांग्रेस विजयी

 जेठ ८, २०७९ आइतबार ७:५०:२४ | जयनारायण यादव
unn.prixa.net

बारा - बाराको महागढीमाई नगरपालिकाकाे मेयरमा नेपाली कांग्रेस विजयी भएकाे छ । 

नगरपालिकाको मेयरमा  नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव र उपमेयरमा तारा देवी कानु लगातार दोस्रो पटक निर्वाचित हुनुभएको हो ।

यादवले ८ हजार ६ सय ७० मत र उपमेयरमा कानुले ७ हजार ९ सय ९७ मत प्राप्त गर्नुभएकाे छ ।  

यस्तै, मेयरका प्रतिस्पर्धी जसपाका रामबाबु यादवले ७ हजार ३ सय ७६ मत प्राप्त गर्नुभयो भने उप मेयरका प्रतिस्पर्धी एमालेकी पुष्पाञ्जली देविले ७ हजार १० मत प्राप्त गर्नु भएकाे छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया