जुम्लाकाे सिंजा गाउँपालिकाका अध्यक्ष धितालको पहिलो काम :  टेलिफोन सेवा नियमित

 जेठ ८, २०७९ आइतबार १०:२६:३४ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाको सिंजा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले  शपथ ग्रहण गरेको पहिलो दिनमै  टेलिफोन सेवा नियमित सञ्चालन गर्नु भएको छ ।

सिञ्जाको नराकोटमा भएको टेलिफोन टावरले नियमित सेवा दिन नसकिरहेको बेला नव निर्वाचित अध्यक्षको पहलमा टेलिफोन सेवालाई नियमित बनाइएको हो । स्थानीय डिल्लीप्रसाद तिवारीकाअनुसार अहिले  सजिलै टेलिफोन लागिरहेको छ ।

अध्यक्ष धिताल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शपथ लिएसँगै नेपाल टेलिकम जुम्लाको कार्यालयमा छिर्नुभएको थियो । नेपाल टेलिकमले बत्तीको पावर कम भएको पत्ता  लगाएपछि आवश्यक सोलार ब्याट्री व्यवस्थापन गरिएको हो ।

२ सय भोल्टका ४८ वटा ब्याट्री र प्राविधिक लिएर शनिवार नै अध्यक्ष धिताल सिंजा जानुभएको थियो । नेपाल टेलिकम जुम्लाका प्राविधिक चित्र शाहीकाअनुसार समस्या आइरहेको टेलिफोन सेवा पूर्णरुपमा सुध्रिएको छ । यसअघि सिंजा गाउँपालिकामा बिहान बेलुका  र घाम नलागेको दिन फोन सेवा बन्द हुने गरेको थियो।

अध्यक्ष धितालको पहलमा जुम्लामा रहेको टेलिकमको कार्यालयमा पुगेर १ हजार ५ सय ६० किलो वजनकाे नयाँ ब्याट्री ल्याइएको र प्राविधिकसहितको टोली गाउँपालिकामा पठाइएको नेपाल टेलिकमका प्रमुख रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँकाअनुसार सिंजा गाउँपालिकाको वडा नं ४ को भुलीटावरमा नयाँ ब्याट्री जडान गरिएको  छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Pareg dhitaal

    May 25, 2022, 10:16 p.m.

    सबै धिताल बन्धुमा धेरै बधाई छ !

  •  0 Reply

तपाईको प्रतिक्रिया