जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

 जेठ ८, २०७९ आइतबार १७:३१:३९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ काे दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आज आइतवार बिहान दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी भुवन भट्टका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना सामान्य घाइते भएका छन् ।  

कनकासुन्दरी ६ का दलवीरे ऐडी बिरामी भइ सदरमुकाम ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो । एम्बुलेन्स सडकबाट तल खसेकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया