तुलसीपुरमा अग्रता बढाउँदै एमाले

 जेठ ८, २०७९ आइतबार १८:६:४३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै छ । तुलसीपुरमा अहिलेसम्म ४० हजार नाै सय ९८ मतगणना भएकाे हाे । 

पछिल्लो मत परिणामअनुसार एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्काले १७ हजार दुई सय ७७ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार नाै सय ९० मत पाउनुभएको छ ।

उपमेयरमा पनि नेकपा एमालेकी स्यानी चौधरीले अग्रता बढाउँदै लानुभएकाे छ । चाैधरीले १६ हजार पाँच सय ८८ मत पाउँदा उहाँका प्रतिस्पर्धी एकीकृत समाजवादीका जोगबहादुर रानाले ११ हजार सात सय ९३ मत पाउनुभएको छ ।

वडा नं ११ को १९०० मत परिणाम
मानबहादुर रावत (सूर्य) : ८८५
खिमबहादुर वली (रुख) : ५६०
मतान्तर = ३२५

वडा नं १२ को ९०० मत परिणाम
मानबहादुर खत्री (सूर्य) : ३८८
खुशीराम चौधरी (हँसिया हथौडा) : ३८४
मतान्तर = ४ 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया