आइफल टावरले अरबाैँ रुपैयाँ आम्दानी दिइरहेकाे छ : ओली

 जेठ ८, २०७९ आइतबार १८:३३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यु टावरको अर्थ नबुझ्नेहरूले यसको विरोध गर्ने गरेको टिप्पणी गर्नुभएको छ । अध्यक्ष ओलीले भ्यु टावरको अर्थ र महत्त्व नबुझेकै कारण नेपाली कांग्रेसले पालिका चुनावसम्बन्धी आफ्नो घोषणा पत्रमा भ्यु टावर बनाउदैनौँ भनेर उल्लेख गरेको जिकिरसमेत गर्नुभयो । 

मीना श्रेष्ठले लेख्नुभएकाे कविता सङ्ग्रह 'फर्गेट एस्टडे' काे आज आइतवार काठमाण्डाैमा विमोचन गर्दै उहाँले कांग्रेसले भ्यु टावरको विरोध गरेको भन्दै फ्रान्समा बनाइएको आइफल टावरले अरबाैँ रुपैयाँ आम्दानी दिएको स्मरण गराउनुभयो । ओलीले धान, मकै, कोदो, लिची नफल्ने फ्रान्सको आइफल टावर, वाशिङ्टन टावर र अन्य ठाउँमा रहेका टावरहरूले अरबाैँ रुपैयाँ दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एउटा पार्टीले भ्यु टावर बनाउँदैनाैँ भनेर आफ्नो घोषणापत्रमै भन्यो । भ्यु टावरकाे काम छैन भन्याे । इन्जिनियरहरूले आइफल टावर बनाए । उनीहरू बुद्धि नभएका रहेछन् कि क्या हो ? ’

कार्यक्रममा अध्यक्ष ओलीले इतिहासप्रति गर्व गरेर, त्यसका गौरवपूर्ण कामहरू सम्झेर अघि बढ्न पनि सबैलाई आह्वान गर्नुभयो । ओलीले श्रेष्ठलाई समाजले 'फर्गेट एस्टडे' लेख्न लगाएको उल्लेख गर्दै अब इतिहासप्रति गौरव गरेर लेख्न लगाउनुपर्ने पनि बताउनुभयो । 

अन्तिम अपडेट: चैत ४, २०८०

1 Comments

  • Mr.ROBHA SHANTTA

    May 22, 2022, 9:39 p.m.

    एउटा धरहरा बनाउन त 5 बर्ष लाग्यो ओलिबा आइफलको सपना देखनु हुन्छ , गरिखान नसक्ने गरेको देखे मर्ने ....

  •  0 Reply

तपाईको प्रतिक्रिया