निजी क्षेत्रलाई पेट्रोलियम पदार्थकाे आपूर्ति गर्न अनुमति दिनुपर्छ : मन्त्री बडू

 जेठ ८, २०७९ आइतबार १८:५६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थकाे आपूर्ति गर्न अनुमति दिनुपर्ने बताउनुभएको छ । 

आज आइतवार नेपाल उद्योग वाणिज्य महासङ्घले काठमाण्डाैमा आयोजना गरेको 'विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवम् समाधानका उपाय' विषयक अन्तरक्रियामा बोल्दै मन्त्री बडूले यस्ताे बताउनुभएको हो । निजी क्षेत्रलाई पेट्रोलियम पदार्थकाे आपूर्ति गर्न दिएमा नेपाल आयल निगमसँग पनि मूल्यमा प्रतिस्पर्धा हुने र उपभोक्ताले कम मूल्यमा इन्धन पाउन सक्ने उहाँले बताउनुभयो । 

मन्त्री बडूले भन्नुभयो, ‘पेट्रोलियम पदार्थकाे आपूर्तिमा निजी क्षेत्रको सहभागिता कसरी गराउन सकिन्छ भनेर सोचिराखेका छौँ । यसले इन्धनकाे मूल्यमा प्रतिस्पर्धा हुन्छ र यसले फाइदा हुने त उपभाेक्तालाई नै हाे । ’

मन्त्री बडूले निष्क्रिय अवस्थामा रहेका उद्योगहरूलाई पनि निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्ने गृहकार्य गरिएको बताउनुभयो । उद्योग सञ्चालन गर्दा उत्पादन र रोजगारी बढ्ने उल्लेख गर्दै उहाँले निजी क्षेत्रले भाडामा सञ्चालन गर्न चाहेमा दिने गरी मोडालिटी तयार गर्न लागेको बताउनुभयो । 

उहाँले आयात घटाउनु र राष्ट्रिय उत्पादन बढाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । आत्मनिर्भरताका लागि मेहनत गर्नुपर्ने मन्त्री बडूकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया