म्यानचेस्टर सिटीले जित्यो ईपीएल उपाधि

 जेठ ८, २०७९ सोमबार ०:१७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - उत्कृष्ट पुनरागमन गर्दै म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग ईपीएल फुटबल लिग २०२१/२२ को उपाधि जितेको छ ।

आज आइतवार राति सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लालाई ३-२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो । घरेलु मैदानमा दुई गोलले पछि परेको सिटीले उत्कृष्ट पुनरागमन गर्दै जित हो ।

एस्टन भिल्लाका म्याटी क्यासले खौलको ३७ औँ र फिलिपे कोटिन्होले  ६९ औँ मिनेटमा गोल गर्दै टोलीलाई २-० ले अघि राखौका थिए । तर सिटीका लागि इल्के गुन्डोगानले ७६ औँ, रोड्रीले ७८ औँ र गुन्डोगानले नै ८१ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-२ ले जिताए ।

जितसँगै सिटीले ३८ खेलमा ९३ अङ्क जोड्यो, दोस्रो स्थानको लिभरपुललाई एक अङ्कले पछि पार्न सफल भयो । लिभरपुलले ९२ अङ्क जोडेको हो । सिटी पाँच वर्षमा चौथो पटक उपाधि जित्न सफल भएको हो ।

यस्तै लिगको अन्तिम खेलमा नर्विच सिटीलाई ५–० गोलले हराउँदै टोटनह्याम हटस्परले यूईएफए च्याम्पियन्स लिगमा चौथो स्थान पक्का गरेको छ । टोटनह्यामसँगै म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सीले पनि यूईएफए च्याम्पियन्स लिग खेल्नेछन् । यो सिजनमा बर्नले, वाटफोर्ड र नर्विच सिटी रेलिगेशनमा परेका छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया