पचराैताकाे मेयर र उपमेयरमा एमाले विजयी, बन्याे बाराकाे सबैभन्दा ठूलाे दल

 जेठ १०, २०७९ मंगलबार १६:३८:५९ | जयनारायण यादव
unn.prixa.net

बारा – बाराको पचरौता नगरपालिकामा नेकपा एमालेले जित हात पारेको छ । मेयरमा नेकपा एमालेका जलन्धर सिंह र उपमेयरमा नसिमा खातुन निर्वाचित हुनुभएको हो । 

सिंह चार हजार सात सय ३२ मत प्राप्त गरेर मेयरमा विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का रमेश यादवले चार हजार चार सय ६१ मत प्राप्त गर्नुभयाे । 

उपमेयरमा खातुन चार हजार पाँच सय ३८ मत ल्याएर विजयी हुनुभयाे ।  उहाँका प्रतिस्पर्धी जसपाकी सगुफा खातुनले तीन हजार पाँच सय तीन मत प्राप्त गर्नुभयाे । 

यो जितसँगै एमाले पालिका चुनावमा बारामा सबैभन्दा ठूलो दल बनेको छ । एमालेले पाँच वटा पालिकाकाे प्रमुख र एउटा पालिकाकाे उपप्रमुखमा विजयी भएको छ । एमालेले कलैया उपमहानगरपालिका, पचरौता नगरपालिका, निजगढ नगरपालिका, प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकामा प्रमुख र उपप्रमुखमा जितेको छ भने जितपुरसिमरा उपमहानगरपालिकामा उपप्रमुखमा विजयी भएको छ । यस्तै नेपाली कांग्रेसले चार वटा पालिकाकाे प्रमुखमा जित हात पारेको छ । 

२०७४ को पालिका चुनावमा कांग्रेस ६ वटा पालिकामा जित हात पार्दै सबैभन्दा ठूलो दल बनेको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया