उदयपुरको कटारी नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

 जेठ ११, २०७९ बुधबार १४:०:४८ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – उदयपुरको कटारी नगरपालिकाकाे मेयरमामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ विजयी हुनुभएकाे छ ।

श्रेष्ठ चार सय ६५ मतकाे अन्तरले विजयी हुनुभयाे । श्रेष्ठले ६ हजार चार सय १७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले पाँच हजार नाै सय ५२ मत पाउनुभयाे । नेकपा एमालेका ज्ञानेन्द्र श्रेष्ठले पाँच हजार सात सय १५ मत प्राप्त गर्नुभयाे । 

नगरपालिकाकाे उममेयरमा एमालेकी गीता खड्का विजयी हुनुभएकाे छ । खड्काले माओवादी केन्द्रका उम्मेवार विनोद कटुवाललाई दुई हजार पाँच सय ९२ मतकाे अन्तरले हराउनुभयाे । खड्काले ६ हजार चार सय १३ मत प्राप्त गर्दा कटुवालले तीन हजार आठ सय २१ मत प्राप्त गर्नुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया