तुलसीपुरकाे मेयर र उपमेयरमा एमाले विजयी

 जेठ ११, २०७९ बुधबार १६:२:२६ | हेमराज शर्मा
unn.prixa.net

तस्बिर : दीपक केसीकाे फेसबुकबाट

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका टिकाराम खड्का र उपमेयरमा पनि एमालेकै स्यानी चौधरी विजयी हुनुभएको छ । 

मेयरमा एमालेका उम्मेदवार खड्काले ३१ हजार चार सय आठ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार सात सय १७ मत प्राप्त गर्नुभयो ।  

यस्तै उपमेयरमा एमालेकी चौधरीले ३० हजार पाँच सय ९७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानामगरले २१ हजार ६५ मत प्राप्त गर्नुभयो । योसँगै ११ वटा उपमहानगरपालिकामध्ये सबैको अन्तिम नतिजा सार्वजनिक भएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया